मिसेस राइज एन्ड साइन डिभा–२०८० का प्रतियोगीले प्रस्तुत गरे प्रतिभा 

राम्रो अनलाइन     २२ माघ २०८०, सोमबार
मिसेस राइज एन्ड साइन डिभा–२०८० का प्रतियोगीले प्रस्तुत गरे प्रतिभा 


काठमाडौँ– मिसेस राइज एन्ड साइन डिभा–२०८० का प्रतियोगीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । विवाहित तथा एकल महिलाले भाग लिएको प्रतियोगितामा २० देखि ५४ वर्ष उमेर समुहका महिलाको सहभागिता रहेकोछ । उक्त कार्यक्रमको कोरियोग्राफी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चर्चित तथा अनुभवी कोरियोग्राफर  जयन सुब्बा मानन्धरले गरेकी छिन् भने दक्ष  तथा अनुभवी  व्यक्तिहरूद्वारा तालिमको व्यवस्थापन गरिएकोछ। प्रतिस्पर्धीहरूले गायन, नाटक, कविता लगायतका रचना प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया