‘नागरिकले सुशासन चाहेका छन्’

राम्रो अनलाइन     २१ माघ २०८०, आइतबार
‘नागरिकले सुशासन चाहेका छन्’


बेनी–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुशासनबाट मात्र नागरिक सन्तुष्ट हुने भएकाले सुशासनसहितको विकासमा जोड दिएका छन्। 

नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको समुदायमा कांग्रेस अभियान कार्यक्रममा नेता पौडेलले विकास–निर्माणका कामबाट मात्र नागरिक सन्तुष्ट नहुने भएकाले सुशासनसहितको विकास उनीहरूले खोजेका बताए । ‘मुलुकमा व्यवस्था परिवर्तन भयो, भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक विकास पनि भयो, मानव विकास सूचकाङ्कमा पनि सुधार भयो तर सुशासन कायम हुननसक्दा नागरिकमा व्यापक असन्तुष्टि छ,’ नेता पौडेलले भने ।  उनले विकास–निर्माण योजनालाई अलपत्र पार्ने निर्माण व्यवसायी र सहकारीको रकम हिनामिना गर्नेहरूमाथि कठोर कारबाही हुनुपर्नेमा जोड दिए। 

प्रतिक्रिया