भक्तपुर–इनोभेसन इभेन्ट म्यानेजमेन्ट एवं भक्तपुर निस्ट स्कुल को सहकार्यमा लिटल प्रिन्स एण्ड प्रिन्सेस– २०२४ को आयोजना हुने भएको छ। ७ देखि १२ वर्ष सम्मका ५४ जना बालबालिकाले यस प्रतियोगतामा सहभागिता जनाउने छन्। गायनमा बरिष्ठ गायिका कुन्ती मोक्तान, नृत्यमा डान्स कोरियोग्राफर युवराज गुरुङद्वारा प्रतियोगितामा सहभागी बालबालिकालाई प्रशिक्षण गराइएको थियो । प्रतियोगिताको कोरियोग्राफी तेन्जु योन्जन र सुमी बाँनियाले गरेका हुन्
शिक्षामा मात्र नभई अन्य क्रियाकलापमा पनि बालबालिका अघि बढुन् भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्दै आएको आयोजक महेश केसी ले बताए लिटल प्रिन्स एण्ड प्रिन्सेस तेस्रो सिजनको ग्राण्ड फिनाले भोलि शुक्रबार जमल स्थित नाचघरमा हुनेछ।


