हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु

राम्रो अनलाइन     १४ माघ २०८०, आइतबार
हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु

नेपालगञ्ज–  शनिबारदेखिको हुस्सु हटेपछि नेपालगञ्ज विमानस्थलबाट उडान सुरु भएको छ । बाक्लो हुस्सु लागेपछि नेपालगञ्जबाट काठमाडौं, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान शनिबारदेखि अवरुद्ध भएको थियो ।

बाक्लो हुस्सु हटेपछि आइतबार २ बजेदेखि उडान सुरु भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । उडान अवरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आशमा विमानस्थलमै बसिरहेका थिए ।  दुई दिनदेखि  उडान अवरुद्ध हुँदा करिब एक हजार यात्रु नेपालगञ्जमा रोकिएका थिए । 

नेपालगन्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ । नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगन्जबाट  उडान भर्दै आएका छन् ।
 

प्रतिक्रिया