जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

राम्रो अनलाइन     १४ माघ २०८०, आइतबार
जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौँ–  सहकारी ठगीका आरोपी जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

सहकारी ठगी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केहीसमय अघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालका अनुसार इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालायलाई अनुरोध गरेको छ । 

 प्रहरीले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको छ । यद्यपि, इन्टरपोलमा नोटिस जारी भइसकेको छैन । यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने छ । 
 

प्रतिक्रिया