बोल्ड अवतारमा अभिनेत्री साम्राज्ञी शाह

राम्रो अनलाइन     १२ माघ २०८०, शुक्रबार
बोल्ड अवतारमा अभिनेत्री साम्राज्ञी शाह

ड्रिम्स’ डेब्यु अभिनेत्री साम्राज्ञी शाहलाई त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन । एकाधबाहेक उनका सबैजसो फिल्म बक्स अफिसमा हिट छन् ।सन् २०२३ मा उनका तीन फिल्म प्रदर्शन भए ‘तिम्रो मेरो साथ’, ‘ह्यारीकी प्यारी’ र ‘लण्डन टु पेरिस’ । फिल्मसँगै व्यक्तिगत कारणले चर्चामा आइरहने साम्राज्ञी ‘रिबेलियस’ पनि लाग्छिन् किनभने उनका चरित्र बोल्ड र स्टाइलिस देखिन्छन् । सन् २०१४ मा आयोजना भएको फेसन शो फेस अफ क्लासिक डायमण्ड ज्वेलरीबाट चर्चामा आएकी साम्राज्ञीले पहिलो फिल्मबाटै एक्सपोज प्राप्त गरिन् । उनी अहिले थाइल्याण्डमा घुमघाम गरिरहेकी छिन् । उनले थाइल्याण्ड घुमफिर गर्दा खिचेका बोल्ड तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छिन् । 

प्रतिक्रिया