श्रीलङ्काको पुनर्वास केन्द्रबाट ४० कैदी फरार

राम्रो अनलाइन     ११ माघ २०८०, बिहिबार
श्रीलङ्काको पुनर्वास केन्द्रबाट ४० कैदी फरार

श्रीलङ्का– श्रीलङ्काकोे उत्तर मध्य प्रान्तको काणाकादु उपचार तथा पुनर्वास केन्द्रबाट बुधबार राति करिब ४० जना कैदीहरू भागेको पुनर्वास आयुक्त जनरल दर्शना हेट्टियाराचीले बिहीबार बताएका छन् ।

कैदीहरू दुव्र्यसनीहरूको दुई समूहबीचको झडपपछि भागेको हेट्टियाराचीले सञ्चारमाध्यमलाई बताए । प्रहरीले झडपलाई नियन्त्रणमा लिएको तथा भाग्नेहरूलाई पक्राउ गर्नका लागि खोजी अभियान सुरु गरेको उनले बताए ।

यस्तै जनवरी १२ मा ६० जनाभन्दा बढी कैँदीहरू केन्द्रबाट भागेका थिए । न्याय, कारागार मामिला तथा संवैधानिक सुधार मन्त्री विजयदास राजापाक्षेले काणाकादुको व्यवस्थापन परिवर्तन गर्न आवाश्यक कदम चाल्ने बताए।  

डिसेम्बर २०२३  मा पनि दुई समूहबीचको झडपको क्रममा १३० भन्दा बढी कैदीहरू जेलबाट भागेका थिए । 
 

प्रतिक्रिया