गुरुङ र कार्की मोया थाईको विशेष प्रशिक्षक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान 

राम्रो अनलाइन     २७ पुस २०८०, शुक्रबार
गुरुङ र कार्की मोया थाईको विशेष प्रशिक्षक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान 

काठमाडौँ–नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघसँग आबद्ध रहेको   मोया  थाई प्रशिक्षक विजय गुरुङ र  विवेकजंग कार्की,  मोया थाईको विशेष प्रशिक्षक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । यही जनवरी १२, २०२४ देखि सुरु हुने र फेब्रुअरी २९, २०२४ मा समापन हुने, थाइल्याण्डको रंग्सिटमा रहेको  मोया थाई इन्स्टिच्युटमा मोया थाई को विशेष प्रशिक्षक को तालिमलिनका लागि   आज जनवरी १२ जनवरीमा  थाइल्याण्ड प्रस्थान गरेका हुन् । 

प्रशिक्षकहरूलाई नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स  महासंघले विदाई गरेको थियो । विदाई कार्यक्रममा मोया थाई खेलको  व्यावसायिक विकासको लागि वसर  प्रदान गरेकोमा  मोया  थाई संस्थान प्रति कृतज्ञता व्यक्त  गर्दै यो तालिमले व्यक्तिगत प्रशिक्षकलाई मात्रै फाइदा  नभई  समग्र नेपालमा मोया थाई खेल  विकासमा  योगदान पुर्‍याउने उल्लेख गर्दै महासंघ का अध्यक्ष सुदीप पण्डित क्षेत्रीले प्रशिक्षकहरूलाई शुभकामना व्यक्त गर्दै   विदार्इ गरेका थिए ।

प्रतिक्रिया