काठमाडौँ– पोर्चुगल पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ बस्ने ४७ वर्षीया शिवा न्यौपानेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले एक जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक रु एक लाख ५० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।