कोशी प्रदेशमा सभामुख चयन गर्न आज दिउँसो ३ बजे निर्वाचन

राम्रो अनलाइन     २४ पुस २०८०, मङ्गलबार
कोशी प्रदेशमा सभामुख चयन गर्न आज दिउँसो ३ बजे निर्वाचन

विराटनगर– कोशी प्रदेश सभा सभामुख चयन प्रक्रिया आजै  हुने भएको छ । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने  निर्णय गरेको हो ।

सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आजै सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया