प्रदेशसभामा पराजित पूजालाई राष्ट्रियसभामा उम्मेदवार बनाउने जसपाको निर्णय

राम्रो अनलाइन     २२ पुस २०८०, आइतबार
प्रदेशसभामा पराजित पूजालाई राष्ट्रियसभामा उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौँ–  जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

केन्द्रीय कार्यालय आज भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले  जानकारी दिए । 

चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् । उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुन् ।
 

प्रतिक्रिया