काठमाडौँ–चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटीटी प्लेटफर्म ‘भिडियोपसल’मा रिलिज भएको छ ।
नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर फिल्म रिलिज गरिएको हो । यो फिल्म अहिलेका लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।
दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ मा अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । कर्णाली क्षेत्रको कथा भन्ने यो चलचित्रमा मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गरिएको छ ।
सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई द्धप् गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर फिल्म हेर्ने व्यवस्था गरिएको छ ।
२०१७ देखी सञ्चालनमा रहेको ‘भिडियो पसल'मा यस अघि ‘छक्का पन्जा ४’ र 'झिङ्गेदाउ' लगायतका फिल्महरू रिलिज भई सकेका छन् । एपमा फिल्म सँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।