उत्तर भारतमा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु

राम्रो अनलाइन     २२ माघ २०८०, सोमबार
उत्तर भारतमा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु

भारत– भारतको उत्तर प्रदेश राज्यको कार दुर्घटनामा परी चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ । 

कानपुर जिल्लामा वर्षा र कुहिरोका कारण दृश्यतामा कमी आउँदा सडक दुर्घटना भएको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक निरीक्षणपछि बताएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका दुई किशोरलाई स्थानीयले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् ।

छिमेकी राज्य मध्य प्रदेशमा विवाह पूर्वको समारोहबाट फर्किरहेका उनीहरूको गाडी  दुर्घटनामा परेको थियो ।  उत्तर भारतका धेरै भागहरूमा विगत केही दिनदेखि बिहानको समयमा बाक्लो कुहिरो लागिरहेको छ । यसले हवाई, रेल र सडक यातायातमा प्रतिकूल प्रभाव पारेको छ ।

उत्तर भारतका पहाडी राज्यहरू हिमाचल प्रदेश र उत्तराखण्डका केही क्षेत्रहरूमा शनिबारदेखि हिमपात भइरहेको छ । 
 

प्रतिक्रिया