पीडकमाथि कारबाहीको माग गर्दै मिटरब्याजपीडितको प्रदर्शन

राम्रो अनलाइन     ०२ चैत २०८२, सोमबार
पीडकमाथि कारबाहीको माग गर्दै मिटरब्याजपीडितको प्रदर्शन

काठमाडौं – मिटरब्याजपीडकहरूलाई कडा कारबाही गर्न माग गर्दै पीडितहरूले सोमबार (चैत २) काठमाडौंमा प्रर्दशन गरेका छन् ।

पक्राउ परेका पीडकहरूलाई तत्काल कडा कारबाही गर्न सरकारसँग माग गर्दै उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन् । प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई कडा कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ ।

पीडकहरूलाई कडा कारबाही गर्न आफूहरूले प्रर्दशन गरेको मञ्जु श्रेष्ठले बताइन् । ‘मिटरब्याजीहरूलाई निर्मूल पार्नुपर्छ । यिनलाई हदैसम्म कारबाही गर्नुपर्छ,’ उनले भनिन्, ‘हामी यहाँ ५ सय जनाभन्दा बढी पीडित छौँ । तर, ४५ जनाले उजुरी दर्ता गरेका छौँ ।’

आफूहरूलाई पीडा दिनेहरूलाई कडा कारबाही गर्नुपर्ने सुनिता चापागाईं खतिवडाले बताइन् । ठगी गर्नेहरूलाई सरकारले उन्मुक्ति दिन नहुने उनको भनाइ छ ।

‘एक लाखभन्दा बढी मानिसचाहिँ मिटरब्याजपीडित, भूमिहीन र अनुचित लेनदेन पर्नुभएको छ । हामी यहाँ मिटरब्याजपीडितले उनीहरूविरुद्ध उजुरी दिएका थियौँ,’ उनले भनिन् ।

केही वर्षयता नेपालमा मिटरब्याजपीडितहरूले आफूहरूको न्यायको लागि दोषीउपर कारबाही गर्न माग गर्दै प्रर्दशन गर्दै आएका छन् ।

प्रतिक्रिया