एमाजोनका संस्थापक जेफ बजोसले प्रमुख कार्यकारी (सीईओ) पद छाड्ने भएका छन् । मंगलबार कर्मचारीलाई चिठी लेख्दै सीइओ पद छाड्ने बताएका हुन् ।
पत्रमा उनले रिटायर नभई अन्य व्यापारमा ध्यान केन्द्रित गर्न कार्यकारी पद छाड्ने बताएका छन् । ‘म रिटायर हुन लागेको होइन’, पत्रमा उनले भनेका छन्, ‘मलाई सक्रिय रूपमा काम गरिरहन मज्जा लाग्छ । म काम गरिरहन्छु ।’
बेजोसले प्रमुख कार्यकारीको भूमिकामा रहँदा अन्य कुरामा ध्यान दिन नसकेको बताएका छन् । ‘एमाजोनको सीईओ हुनु गहन जिम्मेवारी हो’, उनले भनेका छन्, ‘जब त्यस्तो जिम्मेवारी हुन्छ, तब अन्य कुनै पनि कुरामा ध्यान दिन गाह्रो हुन्छ ।’
उनले २०२१ को मध्यतिर पद छाड्ने बताइएको छ । उनलाई एमाजोन क्लाउडको नेतृत्व गरिरहेका एन्डी ज्यासीले प्रतिस्थापन गर्ने बीबीसीले बताएको छ ।