इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग

राम्रो अनलाइन     २५ कात्तिक २०८१, आइतबार
इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग

 

काठमाडौं –  इजरायल र हमासबीच युद्धविरामको पहल गर्दै आएको कतार मध्यस्थताको जिम्मेवारीबाट पछि हटेको छ । अब इजरायल र हमासले वार्ताका लागि इच्छा व्यक्त नगरेसम्म मध्यस्थता नगर्ने कतारको भनाइ छ ।

अमेरिकाले कतारमा हमासका नेताहरुको उपस्थितिलाई नस्वीकार्ने बताएपछि कतारको पछिल्लो निर्णय सार्वजनिक भएको हो । कतारले इजरायल र हमासबीचको युद्ध अन्त्यका लागि मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको थियो ।

तर अहिले मध्यस्थताको भूमिकाबाट आफैं अलग भएको कतारको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कतारले कुनै सम्झौतामा पुग्नका लागि अन्तिम प्रयास स्वरुप १० दिन अघि सबै पक्षलाई सूचना दिएको थियो कि यदि वार्ता निष्कर्षविहीन भएमा मध्यस्थताको भूमिकाबाट हामी आफैं अलग हुनेछौं ।’

युद्ध अन्त्यको प्रस्ताव हमासले नमानेको भन्दै अमेरिकाले अब कतारमा हमासको उपस्थिति अस्वीकार्य भएको जनाएको छ । कतारको राजधानी दोहामा हमासको राजनीतिक सन् २०१२ देखि सञ्चालित छ ।

प्रतिक्रिया