गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालय बन्द

राम्रो अनलाइन     २८ जेठ २०८२, बुधबार

काठमाडाैं – केही दिनदेखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका छन्।

उपमहानगरपालिकाले तापक्रमको तीव्र वृद्धि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भन्दै सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय लिएको हो। यद्यपि विद्यालय प्रशासन भने खुला रहने जनाइएको छ। सूचना अनुसार यो बन्द वार्षिक विदाबाट कट्टा गरिनेछ।

प्रतिक्रिया