चीनमा बीबीसी प्रसारण बन्द भएको छ । चिनियाँ सरकारले बीबीसीको प्रसारणमा प्रतिबन्ध लगाएसँगै त्यहाँ बीबीसी बन्द भएको हो ।
बिहीबार चिनियाँ टेलिभिजन तथा रेडियो सम्बन्धी नियामक निकायले बीबीसीको प्रसारणमा प्रतिबन्ध लगाएको जनाएको छ । बीबीसीले प्रसारण गरेको सामग्रीले चीनमा जातीय खलल पुर्याएको भन्दै चीनले प्रसारणमा रोक लगाएको हो ।
कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यकका बारे बीबीसीले चीन सरकारको आलोचना गर्दै सामग्री प्रसारण गरेको थियो ।
बीबीसीले चिनियाँ सरकारको निर्णयबाट "निराश" भएको प्रतिक्रिया दिएको छ।
सञ्चारमाध्यमसम्बन्धी ब्रिटिश नियामक निकाय अफकमले यूकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो।