भारतको उत्तराखण्डमा हिमनदी टुटेपछि आएको बाढीबाट सयौँ मानिसको मृत्यु भएको आशंका गरिएको छ । आइतबार बिहान चमोली जिल्लाको धौलीगंगामा हिमनदी फुटेपछि बाढी आएको थियो ।
सो स्थानमा ऋषिगंगा जलविद्युत तथा अर्को सरकारी योजना समेत चलिरहेको बताइएको छ । सो जलविद्युतमा काम गर्ने २० मजदूर र सरकारी योजनामा काम गर्दै गरेका १५० कामदार हराइरहेको बताइएको छ ।
अहिले भारतीय सेनाले हेलिकप्टर मार्फत् उद्धार गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।