बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     १२ पुस २०८०, बिहिबार
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– साताको पाचौँ दिन आज(बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि १३ सय रुपैयाँले बढेको छ । बुधबार १ लाख २० हजार १०० रहेको तेजाबी सुनको मूल्य आज १ लाख २१ हजार ४ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया