जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

राम्रो अनलाइन     ०८ असोज २०८३, बिहिबार
जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौं–काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको छ । असोज १ गते नयाँ आउटलेटको उद्घाटन गरिएको हो । नयाँ आउटलेटमा ग्राहकले एउटै छानामुनि आयातित तथा नेपालमै उत्पादित सोफा तथा फर्निचरका विभिन्न सामग्री खरिद गर्न सक्नेछन् । 

घर तथा कार्यालयका लागि आवश्यक विभिन्न डिजाइन, साइज र मूल्यका सोफा तथा फर्निचर यहाँ उपलब्ध हुने कम्पनीले जनाएको छ । आउटलेट उद्घाटनको अवसर पारेर ग्राहकका लागि ५० प्रतिशतसम्मको ओपनिङ अफर समेत ल्याइएको छ । विभिन्न सोफा तथा फर्निचर खरिद गर्ने ग्राहकले उद्घाटनको अवसरमा आकर्षक छुट तथा विशेष अफरको लाभ लिन सक्नेछन् । 

सोफा स्टोर काठमाडौँ का प्रोप्राइटर तथा सिईओ दीपेन्द्र धरेलका अनुसार, कम्पनीले यसअघि नेपालमै आफ्नै फ्याक्ट्रीमा उत्पादन गरिएका सोफा तथा फर्निचर मात्र बिक्री गर्दै आएको थियो । तर, ग्राहकका फरक–फरक आवश्यकता र मागलाई सम्बोधन गर्ने उद्देश्यले अब आयातित सोफा तथा फर्निचर पनि बिक्री गर्न सुरु गरिएको हो । 

उनका अनुसार, एउटै स्थानबाट ग्राहकले आफ्नो बजेट, आवश्यकता र रुचिअनुसार नेपालमा उत्पादितदेखि आयातितसम्मका विभिन्न विकल्प छनोट गर्न सक्नेछन् । गुणस्तरीय सामग्री, आकर्षक डिजाइन र उचित मूल्यमा विभिन्न प्रकारका सोफा तथा फर्निचर उपलब्ध गराउने उद्देश्यले जडीबुटीमा नयाँ आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । 

सोफा स्टोर काठमाडौँका आउटलेटहरू जडीबुटी लगायत काठमाडौंको चामती, महाराजगञ्ज (चक्रपथ) तथा भक्तपुरमा सञ्चालनमा रहेका छन् । काठमाडौं उपत्यकाबाहिर धादिङ, धनगढी र सुर्खेतमा समेत सोफा स्टोर काठमाडौँका आउटलेटहरू रहेका छन् । जडीबुटी लगायत सबै आउटलेट अब नियमित रूपमा ग्राहकका लागि खुला रहनेछ ।

प्रतिक्रिया