लोकप्रिय बन्दै ‘नेल आर्ट’ 

लक्ष्मी महत, ब्युटिसियन     ०५ चैत २०७८, शनिबार
लोकप्रिय बन्दै ‘नेल आर्ट’ 

 

पहिलेपहिले नङलाई लामो अनि विभिन्न सेप दिएर पोलिस मात्र लगाउने चलन थियो । तर अहिले समयको मागसँगै कपडामा नयाँ डिजाइनहरु आएजस्तै, नङलाई पनि आकर्षक बनाउने विभिन्न उपाय आएका छन् । नङलाई राम्रो र आर्कषक बनाउन गरिने डिजाइन नेल आर्ट हो । नङ सुहाँउदो रंगको प्रयोग र मिल्दो बुट्टा भर्ने कामलाई नेल आर्ट भनिन्छ । सफा र मिलेका नङलाई झन् सुन्दर र आकर्षक पार्ने काम नेल पोलिसले गर्दछ । यसरी नेल पोलिसिमै सुहाँउदो र आर्कषक बुट्टा भर्न सकिन्छ । नेललाई राम्रो बनाउने निउमा जथाभाबी पोलिसको प्रयोग गर्नु हुँदैन । यसले नङको सुन्दरतामा कमी ल्याउने काम गर्छ ।

नेल आर्टले हातको सुन्दरता बढाउने काम गर्छ । प्रायले साधारण नेल पोलिस वर्षैभरि प्रयोग गर्ने गर्छन् । यसले नङमा अक्सिजनको कमी हुन्छ र पँहेंलो हुँदै जान्छ । पोलिस लगाउनु अघि भिटामिन ई भएको बेसकोट लगाएर मात्र पोलिस लगाउनुपर्छ । साधारण पोलिसको प्रयोग गर्नुभन्दा केही समयको लागि नेल एक्सटेन्सन गर्नु नै राम्रो हो ।

नेल आर्ट गर्दा लगाउने तरिका जानेको भए मात्र गर्नु राम्रो हुन्छ । नेल आर्ट जुनसुकै हातमा गर्दा पनि राम्रो हुन्छ । गोरो हातमा मात्र राम्रो हुन्छ भन्ने मानसिकता गलत हो ।

नेल आर्टका तीन तरिका

एक्रिलिक नेल यो पाउडर बेसमा हुन्छ । यसबाट नङ नै बनाइन्छ अर्थात् प्राकृतिक नङ जस्तै देखिन्छ । अर्को जेल नेल र सफ्ट जेल हुन्छ । जेलमा किल्न्जरको प्रयोग हुन्छ । नेल आर्टमा जुनै पनि डिजाइन राख्न सकिन्छ ।

यस्तै, नेल आर्ट गर्दा सुरुमा नङलाई सफा गरेर बेसकोट लगाउनु पर्छ । त्यसपछि आफनो पहिरन अनुसार सुहाउँदो नेलपोलिस लगाउने । नेलपोलिस सुकि सकेपछि त्यसको माथिबाट नङलाई आकर्षक बनाउनका लागि विभिन्न ग्लिटर, स्टोनजस्ता सामाग्री लगाउन सकिन्छ । यस बाहेक अहिले मानिसले नेलमा कागजको प्रयोग पनि गरेको पाइन्छ । जुन बलियो भने हुँदैन ।

नङ राम्रो छैन, भाँच्चिने समस्या, पार्टीको लागि पहिरन अनुसार सुहाउने नङ बनाउनु पर्ने छ भने तीनका लागि नेल आर्ट बेस्ट छ । नेल एक्सटेन्सन गर्दा हात पनि राम्रो र सफा देखिन्छ । विशेष त हात राम्रो बनाउनका लागि नै नेल आर्ट र एक्सटेन्सन गर्ने गरिन्छ ।

पहिलेपहिले नेल एक्सटेन्सनमा ब्रस आर्ट बढी चल्थ्यो । पछि वाटर मार्वलको चलन आयो । जुन पोलिसलाई पानीबाट डिजाइन निकालेर नङमा आर्ट गरिन्छ । तर अहिले बजारमा विभिन्न आर्ट गरिएका रेडिमेड नङहरु किन्न पाइन्छ । जसलाई टाँसे मात्र पुग्छ । यसरी नेल आर्टको काम छिटो र छरिटो हुन थाल्यो । समयको बचत भयो ।

नेपालमा नेल आर्ट

२०१० मा नेपालमा पहिलो सेमिनार भएको थियो । त्यो भन्दा अगाडि नेल आर्ट नेपालमा भित्रिसकेको हो भन्ने हल्ला त थियो तर प्रष्ट थिएन । नेल आर्टको सेमिनार नेपालको लागि पहिलो थियो । मैले थाइल्यान्डमा नेल आर्टको तीन महिने तालिम लिएको लक्ष्मी महत बताउनुहुन्छ ।

नेल आर्टमा कस्तो रंग उचित 

नेल आर्ट गर्दा रङहरुको संयोजन मिलाउनुपर्छ । रङलाई मिसाएर आर्ट गरिने भएकाले विभिन्न रङको म्याचिङ पनि राम्रो हुनुपर्छ । विवाहित महिला र बेहुलीका लागि नेल आर्टमा धेरै रातो रङमा मिल्दो आर्ट कोर्ने गरिन्छ । त्यस्तै अविवाहित नारीका लागि कालो र सेतो, निलो गुलाफीमा मिल्दो कुनै पनि रंगले आर्ट गर्न सकिन्छ । राम्रो तथा आर्कषक ढंगबाट नेल आर्ट गर्न कम्तिमा एक देखि दुई घण्टासम्म लाग्छ ।

नेल आर्टका बेफाइदा

नेल एक्सटेन्सन गर्दा ग्लुको प्रयोग गरेर नेल बनाउनुपर्छ, र त्यसमा हाम्रो प्राकृतिक नङ हल्का बफिङ गर्नुपर्ने हुन्छ जसले नङलाई पातलो बनाउछ । यसरी नङ बढ्दै माथि आएपछि भाँच्चिने समस्या हुन्छ । नेल आर्ट गर्दा प्रयोग हुने ग्लु ले कतिलाई एलर्जी पनि हुन्छ ।
नेल आर्ट गरि सकेपछि त्यसलाई धेरै दिन या लामो समयसम्म नङमा राख्न मिल्दैन । लामो समयसम्म नङमा पोलिस राख्दा नङ सुन्निने, फुल्ने, कालो हुने जस्ता समस्या आउन सक्छ । नङमा लगाएको पोलिस रिमुभ गरेपछि केहिदिन पोलिसको प्रयोग गर्नुहुँदैन । नङमा भ्यास्लिनले सफा गर्नुपर्दछ ।
यसो गर्दा कुनै साइड इफेक्ट हुँदैन ।

(महत फ्याक्सिनेटेड ब्युटि ट्रेनिङ स्कुलकी संचालक हुन् ) 

प्रतिक्रिया