युरोको मूल्य १४७ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ किनबेच ?

राम्रो अनलाइन     २४ साउन २०८१, बिहिबार
युरोको मूल्य १४७ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ किनबेच ?

 

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ ।  त्यस्तै युरो एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५ पैसा रहेको छ ।  पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ६८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १० पैसा र बिक्रीदर ९ रूपैयाँ १४ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ । त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया