यी हुन् काठमाडौं महानगरमा भेरोसेल खोप लगाउन ३२ केन्द्र (सूचीसहित) 

राम्रो अनलाइन     २४ जेठ २०७८, सोमबार
यी हुन् काठमाडौं महानगरमा भेरोसेल खोप लगाउन ३२ केन्द्र (सूचीसहित) 

काठमाडौँ : कोभिड(१९ विरुद्धको भेरोसेल खोप लगाउन काठमाडौं महानगरपालिकाले ३२ वटा केन्द्र तोेकेको छ। 
मंगलबारबाट देशभर ६० देखि ६४ वर्षसम्मका नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइँदै छ। त्यसका लागि काठमाडौं महानगरले प्रत्यके वडामा खोप केन्द्र तोकेको हो। 

पाँच दिनसम्म चल्ने यो अभियानमा महानगरले २५ जेठमा ६४ वर्षका नागरिकलाई खोप लगाउने भएको छ। त्यस्तै, २६ जेठमा ६३ वर्षका, २७ जेठमा ६२ वर्षका, २८ जेठमा ६१ वर्षका र २९ जेठमा ६० वर्षका नागरिकलाई खोप लगाउने महानगरले जनाएको छ। 

काठमाडौं महानगरमा तोकिएका खोप केन्द्र स्

१० नन्दी रात्री स्कुल, नक्साल

२० वडा कार्यालय, लाजिम्पाट

३० वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

४० वडा कार्यालय, वालुवाटार

५० वडा कार्यालय, हाँडीगाउँ

६० महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

७० वडा कार्यालय, मित्रपार्क, चावहिल

८० गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

९० अनुपम फुडल्याण्ड, बत्तीस पुतली

१०० म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

११० विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

१२० बुद्ध माई अस्पताल, टेकु

१३० जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

१४० वडा कार्यालय, भुवनेश्वरी कलंकी

१५० भुइँखेल चौर, स्वयम्भू

१६० बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

१७० पब्लिक युथ क्याम्पस, धोवी चौर

१८० पुष्पलाल पार्क, विष्णुमती किनार

१९० वडा १९ कार्यालय परिसर,

२०० शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

२१० सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

२२० वडा कार्यालय, टेवहाल

२३० नव आदर्श विद्यालय, बसन्तपुर

२४० इतुमबहाल, तारणीबहाल

२५० कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

२६० वडा कार्यालय परिसर, लैनचौर

२७० महावौद्ध चोक

२८० कार्यालय परिसर, सिटी मार्केट

२९० विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

३०० सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

३१० ई।पी।एस। स्कूल, मीनभवन

३२० वडा कार्यालय परिसर, पाल्पाकोट

केन्द्रका सम्पर्क नम्बरहरूः 

प्रतिक्रिया