छोकडा
छोकडामा भिटामिन ए, बी, केका साथै पोटासियन र म्याग्नेसियम प्रशस्त पाइन्छन्। यसलाई खजुर पनि भनिन्छ। जाडोमा छोकडा खाँदा शरीरभित्र गर्मी पैदा हुन्छ। दिनमा दुइटा छोकडा खाँदा शरीरलाई फाइबरको कमी हुँदैन।
जौ
जाडोमा जौबाट बनेका परिकार खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। जौमा फाइबर र क्याल्सियम भरपूर मात्रामा पाइन्छन्, जसकारण पाचनप्रणाली दुरुस्त रहन्छ र कब्जियतको समस्या हट्छ।
सखर
गुड पनि भनिइने सखरले शरीरमा रगतको कमी हुन दिँदैन। यसमा भरपूर मात्रामा आइरन, फोस्फोरस, म्याग्नेसियम, क्याल्सियम आदि पाइन्छन्। तातो दूधमा गुड हालेर खाने गर्नाले वजन कम हुन्छ।
तिल
तिलले शरीरभित्र गर्मी पैदा गर्न मद्दत पुर्याउँछ। यसमा पाइने मोनो–स्याचुरेटेड फ्याटी एसिडले शरीरमा कोलेस्टेरोल कम गर्न सघाउँछ।
बेसार
बेसारले रोगप्रतिरोधक क्षमता बढाउन मद्दत पुर्याउँछ। अलिकति बेसार हालेर तातो दूध पिउने गर्नाले शरीरको रोगप्रतिरोधक क्षमता बलियो हुन्छ।