विवाह बन्धनमा बाँधिए एलिना र विष्णु

राम्रो अनलाइन     ०५ वैशाख २०८१, बुधबार
विवाह बन्धनमा बाँधिए एलिना र विष्णु

 

काठमाडाैं– गायिका एलिना चौहानले बुधबार विवाह गरेकी छन्। उनले प्रेमी रहेका विष्णु सापकोटासँग बुधबार परम्परागत रुपमा विवाह गरेकी हुन्। उनीहरूले झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह गरेका हुन्।

विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ ।

प्रतिक्रिया