काठमाडौँ–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेता तथा कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन आग्रह गरेका छन्। उनले आज सामाजिक सञ्जालमा लेख्दै सामाजिक सद्ध्भाव र अमनचयनका लागि सबैको पहल प्रयत्न आवश्यक भएको उल्लेख गरेका हुन्।
“जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु”, उनले लेखेका छन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पत्तिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा तथा भत्सर्ना गरेका छन्।