वामदेवले ओलीलाई भने : तपाईंलाई साथ दिन सक्दिनँ

राम्रो अनलाइन     १० वैशाख २०७८, शुक्रबार
वामदेवले ओलीलाई भने : तपाईंलाई साथ दिन सक्दिनँ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिने बताएका छन् । ओलीले बालुवाटारमा बोलाएको डिनर मिटिङमा अध्यक्ष ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ ।

गौतमको ओलीसँग भएको कुराकानीको अंश उनका प्रेस संयोजक विश्वमणि सुवेदीले फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । सुवेदीको फेसबुकमा गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको उल्लेख छ । फेसबुकमा खाना खाने क्रम चल्दाचल्दै गौतम बालुवाटारबाट फर्किएका थिए ।

विहीबार बेलुकी आठ बजे ओली र गौतमबीच डिनर मिटिङमा ओलीले गौतमलाई पार्टीको काममा फर्किन अनुरोध गरेका थिए । तर गौतमले गत फागुन २८ गते ओलीले गरेका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए, जसलाई ओलीले नकारेका थिए ।

त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनन्’ भनेर विदा भएका थिए । ‘डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ,’ गौतमले भनेका छन् ।

सबैको जानकारीका लागि हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी...

Posted by Bishwamani Subedi Bimasu on Thursday, 22 April 2021

प्रतिक्रिया