उपत्‍यकामा थपिए २,०५७ जना संक्रमित

राम्रो अनलाइन     २० जेठ २०७८, बिहिबार
उपत्‍यकामा थपिए २,०५७ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ५७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।

बिहीबार देशभर थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ७५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रतिक्रिया