तस्बिरमा हेर्नुहोस् सगरमाथा संवाद

राम्रो अनलाइन     ०२ जेठ २०८२, शुक्रबार
तस्बिरमा हेर्नुहोस् सगरमाथा संवाद नेपाल सरकारद्वारा पहिलो पटक काठमाडौँमा आयोजित सगरमाथा संवादको उद्घाटनसत्र सम्पन्नपश्चात् सामूहिक तस्बिरमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।

काठमाडौँ–‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन्। 

काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रम  'रिमोट' थिचेर उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री  केपी शर्मा ओली  ।


समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन्। 

समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् । 

काठमाडौँमा शुक्रबारदेखि सुरु भएको  सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन  गर्नुहुँदै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा ।


 

काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रममा सम्बोधन गर्नुहुँदै चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी ।


काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रममा सम्बोधन गर्नुहुँदै भारतका वातावरण, वन तथा जलवायु परिवर्तन सम्बन्धीमन्त्री भुपेन्द्र यादव । 


प्रतिक्रिया