टिकटकमा मानसिक स्वास्थ्यका लागि गाइडेड मेडिटेसन सुविधा ‘ब्रिद इन, स्क्रोल आउट’ सुरु

राम्रो अनलाइन     १४ जेठ २०८२, बुधबार
टिकटकमा मानसिक स्वास्थ्यका लागि गाइडेड मेडिटेसन सुविधा ‘ब्रिद इन, स्क्रोल आउट’ सुरु

काठमाडौं– विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउने उद्देश्यले ‘टिकटक’ ले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो नयाँ इन–एप टुल प्रयोगकर्तालाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले ल्याइएको हो ।

त्यस्तै टिकटकले ४ करोड २३ लाख अमेरिकी डलर बराबरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेसन फन्ड’ समेत घोषणा गरेको छ, जसले विश्वभरिका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्‍याउने छ ।

विद्यालय जीवनमा रहेका किशोरकिशोरीदेखि दैनिक जिम्मेवारी सम्हालिरहेका युवापुस्तासम्मका सबै प्रयोगकर्ताले यो नयाँ टुल प्रयोग गरेर सजिलो रूपमा मेडिटेसन गर्न सक्नेछन् । टिकटकको यो पहल डिजिटल वेलनेस र प्रविधि मार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एक महत्त्वपूर्ण पाटो हो ।
‘मेडिटेसन’ सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।

मिठो निद्रा र मानसिक स्वास्थ्यमा योगदान 

टिकटकले पहिलेदेखि सञ्चालनमा रहेको स्लिप आवर्स फिचर विस्तार गर्दै अब त्यसमा ‘मेडिटेसन’ सुविधा पनि समावेश गरेको हो ।यस सुविधा मार्फत प्रयोगकर्तालाई राति सुत्नुअघि शान्त र सन्तुलित महसुस गराउने उद्देश्यले गाइडेड मेडिटेसन उपलब्ध गराइएको छ ।

अनुसन्धानहरूले मेडिटेसनले निद्राको गुणस्तर सुधार गर्ने देखाएका छन् । त्यसैले अब यो सुविधा सबै उमेरका प्रयोगकर्तालाई उपलब्ध गराइएको छ । १८ वर्षमुनिका प्रयोगकर्ताका लागि यो सुविधा स्वतः सक्रिय हुन्छ ।

राति १० बजेपछि किशोरकिशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ र उनीहरूले अझै स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन । हालसालै गरिएको आन्तरिक परीक्षण अनुसार ९८ प्रतिशत किशोरकिशोरीले यो मेडिटेसन फिचर राख्न रोजेका छन् ।

वयष्क प्रयोगकर्ताले आफ्नो चाहना अनुसार स्क्रिन टाइम सेटिङमा गई स्लिप आवर्स सक्रिय गर्न सक्छन् । आजको व्यस्त दुनियाँमा आराम धेरै जरुरी हुन्छ । विशेषज्ञले तनाव कम गर्न र ध्यान केन्द्रित गर्न दिनमा कम्तीमा १० मिनेट मेडिटेसन गर्न सुझाव दिन्छन् । जामा इन्टर्नल मेडिसिन एन्ड हार्भर्ड हेल्थका अध्ययन अनुसार सुत्नुअघि १०–१५ मिनेट ध्यान गर्नाले निद्रा सुधार हुने, चिन्ता घटाउने र भावनात्मक सन्तुलन कायम गर्न सहयोग गर्दछ ।

विश्वव्यापी मानसिक स्वास्थ्य शिक्षामा २३ लाख डलर लगानी

इन–एप सुविधासँगै टिकटकले २२ देशका ३१ मानसिक स्वास्थ्य सम्बन्धी संस्थासँग साझेदारी गर्दै ४ करोड २३ लाख डलर बराबरको विज्ञापन क्रेडिट दिने घोषणा गरेको छ । यो कोष र टिकटक नेतृत्वको प्रशिक्षणहरूले साझेदारलाई व्यापक दर्शकमा पुग्ने गरी आकर्षक र विश्वसनीय मानसिक स्वास्थ्य सम्बन्धी कन्टेन्ट सिर्जना गर्न मद्दत गर्ने छ।

मानसिक स्वास्थ्य सम्बन्धी छलफल विस्तार हुँदै गइरहेको दक्षिण एसियाली देशहरूमा पनि यो पहल विस्तार गर्ने टिकटकको योजना छ ।

टिकटक दक्षिण एसियाकी ट्रस्ट एन्ड रिजनल लिड आस्मा अन्जुम भन्छिन्, ‘नेपालजस्ता दक्षिण एसियाली मार्केटमा मानसिक स्वास्थ्यबारे कुरा गर्नु पहिले अपाच्य मानिन्थ्यो । तर, अहिले जनचेतना बढ्दै जाँदा व्यवहारमा सकारात्मक परिवर्तन आएको छ ।

धेरै मानिस खुलेर कुरा गर्न, सहयोग माग्न र स्वीकार गर्न थालेका छन् । त्यसैले हामी यो सकारात्मक परिवर्तनलाई अघि बढाउन र हाम्रा प्रयोगकर्ताको हितका लागि इन–एप सुविधा र जनचेतनामूलक अभियानमा लगानी गर्न प्रतिबद्ध छौं।’

वेलबिइङप्रति निरन्तर प्रतिबद्ध

गाइडेड मेडिटेसन सुविधा र मानसिक स्वास्थ्य फन्डले टिकटकको डिजिटल वेलबिइङ र सामाजिक प्रभावप्रतिको दीर्घकालीन प्रतिबद्धता देखाउँछ । टिकटकले अहिले शैक्षिक सामग्री, सुरक्षा उपकरण र अभिभावकीय नियन्त्रण सुविधा पनि थप्दै छ, जसले विशेषगरी युवा प्रयोगकर्ताका लागि स्वस्थ डिजिटल व्यवहार प्रवर्द्धन गर्छ ।

‘गिभिङएसजेडएन’ जस्ता च्यारिटी अभियानहरू, ‘स्टेम’ अध्ययनका सामग्री वा हराएका बालबालिकाका लागि ‘आम्बेर’ अलर्टजस्ता पहलमार्फत टिकटकले मनोरञ्जनसँगै सामाजिक प्रभाव पनि पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रविधि, समुदायको सहभागिता र गैरनाफामूलक संस्थासँगको सहकार्य मार्फत टिकटकले आफूलाई मनोरञ्जन मात्र होइन, सकारात्मक परिवर्तन ल्याउने प्लेटफर्मका रूपमा प्रस्तुत गर्न खोजेको छ ।

प्रतिक्रिया