काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म पाँच लाख ७६ हजार ९३६ जना कोरोना सङ्क्रमित हुँदा चार लाख ६७ हजार ४६७ जना निको भएका छन् । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर १.६ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३८२ रहेको छ । यस्तै निको भएकाको सङ्ख्या एक लाख ७५ हजार ८५२ रहँदा एक हजार ६५३ जनाले ज्यान गुमाएका छन् ।
भक्तपुरमा कूल सक्रिया सङ्क्रमित चार हजार १७४ छन् भने निको भएका १५ हजार ९३१ छन् । यस्तै कोरोनाका कारण सो जिल्लामा ३२९ जनाको ज्यान गएको छ । उता ललितपुरमा सक्रिय सङ्क्रमित छ हजार ४० छन् । कूल २७ हजार ७२४ जना निको हुँदा ४५५ जनाको निधन भएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दरमा कमी आइरहेको समेत पछिल्लो विवरणले देखाएको छ ।