सुनचाँदीको मूल्यमा अर्को ‘रेकर्ड’

राम्रो अनलाइन     ३० पुस २०८२, बुधबार
सुनचाँदीको मूल्यमा अर्को ‘रेकर्ड’

काठमाडौं – दिनहुँजसो एकपछि अर्को कीर्तिमान कायम गर्दै आइरहेको सुनको मूल्यमा बुधबार पनि ‘रेकर्ड’ बनेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९पुस ३०० मा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।  यस दिन छापावाल सुनको मूल्य दुई लाख ७८ हजार रुपैयाँ पुगेको छ । 

मंगलबार पनि १८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको सुनको मूल्य दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार पाँच हजार ३४० रुपैयाँ रहेको चाँदीको मूल्य भने आज पाँच हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया