सुन तोलामा ३ सय बढ्यो

राम्रो अनलाइन     १० असोज २०८१, बिहिबार
सुन तोलामा ३ सय बढ्यो

 

काठमाडौं – सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला १९५५ रुपैयाँ छ ।

 

 

 

 

 

प्रतिक्रिया