सुकेटार विमानस्थल अब ‘रवीन्द्र विमानस्थल’

राम्रो अनलाइन     १५ जेठ २०७८, शनिबार
सुकेटार विमानस्थल अब ‘रवीन्द्र विमानस्थल’

फुङ्लिङ, १५ जेठ : ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमान स्थल’ मा नामाकरण गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको स्मृतिमा विमानस्थलको नामाकरण गरी थप विकसित गरिने उल्लेख  छ । 

यसका लागि आवश्यक रकम समेत विनियोजित गरिएको वक्तव्यमा उल्लेख छ । विसं २०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर दूर्घटनामा परी पूर्व मन्त्री अधिकारी सहित सातजनाको  निधन भएको थियो ।

तामोर कोरिडोर सम्पन्न गर्न रु ६ अर्ब ५० करोड  विनियोजन 

यसैगरी सरकारले तामोर कोरिडोर र कोशी कोरिडोर निर्माण सम्पन्न गर्न रु ६ अर्ब ५० करोड  बजेट विनियोजन गरेको छ । यो करिडोरले भारत र चीनसँग जोड्ने छोटो  दूरीमा जोड्छ । 
अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ इला डाँडामा निर्माण भइरहेको  छ ।  ती दुई देशसँग सडक संञ्जालले जोड्न चार किलोमिटर मात्र बाँकी रहेको उतर दक्षिण लोक मार्ग कार्यलयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । 

प्रतिक्रिया