सुदूरपश्चिममा मुख्यमन्त्री शाह र मन्त्रीहरूले लिए शपथ

राम्रो अनलाइन     २१ साउन २०८१, सोमबार
सुदूरपश्चिममा मुख्यमन्त्री शाह र मन्त्रीहरूले लिए शपथ

 

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ लिएका हुन्। शपथ ग्रहण गरेसँगै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

नेपाली कांग्रेसबाट दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एकजना मन्त्री बनेका छन् भने कांग्रेसबाट दुई र एमालेबाट एकजना राज्यमन्त्री नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन्।

प्रतिक्रिया