सर्वोच्चमा प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीको सुुनुुवाइ ३ बैशाखमा

राम्रो अनलाइन     २२ चैत २०७७, आइतबार
सर्वोच्चमा प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीको सुुनुुवाइ ३ बैशाखमा

काठमाडौँ । सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुुल सुवेदीको सुुनुुवाइ वैशाख ३ गते हुने भएको छ । 

सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीलाई ३ बैशाखमा सुनुवाइका लागि बोलाउने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको आइतबार बसेको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी माग ग¥यो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए ।

चुँडालविरुद्धको उजुुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए । 

प्रस्तावित न्यायाधीश सुुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुुराबारे बैठकलाई ध्यानाकर्षण गराए । बैठकमा उजुुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए ।
 

प्रतिक्रिया