काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सत्तारुढ एमालेको माधवकुमार नेपाल समूहका नेताहरू अनुपस्थित भएका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी छन् भने अन्य साना दलका नेताहरु सहभागी भएका छन् ।
बैडकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले आफूलाई काम गर्न नदिएको बताएका छन् । सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेको आरोप ओलीले लगाए । एमसिसी पेश गर्न खोज्दा नदिएको आरोप ओलीले लगाएका छन् ।
ओलीले स्थानीय तह र प्रतिनिधिसभामा खाली रहेको क्षेत्रमा उपनिर्वाचन गर्ने प्रसंग बैठकमा उठाएका छन् । त्यसैगरी, कोभिड १९ नियन्त्रणका लागि आफू प्रयासरत् रहेको बताएका थिए।
कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन, भ्याक्सिन पर्याप्त ल्याउन, जनतालाई औषधी उपचारको व्यवस्था गर्ने, अस्पतालहरूमा उपकरण उपलब्ध गराउनेलगायत विषयमा सुझाव नेताहरूले ओलीलाई सुझाव दिएका छन् ।