‘कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको मोडलिङमा ‘जीवन साथी’ बोलको गीत सार्वजनिक भएको हो । गत शनिबार सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत, सुरेखा क्षेत्रीको स्वर सुन्न सकिन्छ । सरोजकै निर्देशन, आश्माको कोरियोग्राफीमा बनेको भिडियो रमाईलो छ । गीतमा आफ्नो हुनेवाला जीवनसाथीमा हुनुपर्ने गुणबारे चर्चा गरिएको छ ।
पवन सुस्लिङको छायाँकन रहेको भिडियोलाई सरोज स्वयंमले नै सम्पादन गरेका हुन् । शुक्रबार दिउँसोसम्म यसको भिडियोले युट्युबमा ४ लाख बढी भ्यूज पाएको छ ।