संवैधानिक निकायमा नव नियुक्त पदाधिकारीलाई काममा रोक लगाउन सर्वोच्चमा रिट 

राम्रो अनलाइन     २२ माघ २०७७, बिहिबार
संवैधानिक निकायमा नव नियुक्त पदाधिकारीलाई काममा रोक लगाउन सर्वोच्चमा रिट 

बुधबार नियुक्त गरिएका संवैधानिक निकायका पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।

२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु’ त्रिपाठीले रिटमा आदेश माग गरेका छन्, ‘सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु ।’

सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको रिटमा उल्लेख छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नै संविधान विपरीत रहेको, परिषदका ६ मध्ये तीन जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाइबिनै ती आयोगहरूमा नियुक्तिको परिकल्पना संविधानले नगरेको त्रिपाठीको भनाइ छ ।

सरकारले विवादका बीच संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीलाई बुधबार नियुक्त तथा सपथ गराएको थियो ।

प्रतिक्रिया