संसद विघटन एक्लै बस्दा त के निद्रामा हुँदा पनि गलत लागेको छैन : प्रम ओली

राम्रो अनलाइन     ०७ जेठ २०७८, शुक्रबार
संसद विघटन एक्लै बस्दा त के निद्रामा हुँदा पनि गलत लागेको छैन : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने पुस ५ को आफ्नो कदम गलत थियो भन्ने नलागेको बताएका छन् ।

शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले फैसला परमसत्य हुन्छ भन्न नसकिने बताए । अरु कारण, परिस्थितिले प्रभावित गर्न सक्ने भन्दै उनले भने, ‘तत्कालको बेञ्चको बुझाई, बेञ्चले बुझेको संविधानका व्याख्या अनुसार फैसला हुने हो ।’

पुनरावलोकनमा जाने ठाउँ हुने भएपनि आफूहरुले झगडियाको बाटोमा नगएको ओलीले बताए । ‘मलाई आफूले गरेको काम एक्लै बस्दा मात्र होइन, निद्रामा पनि गलत लागेको छैन’ प्रधानमन्त्री ओलीले अघि, ‘अदालतले ठीक छैन भन्यो । संविधानको जिवित व्याख्या गर्ने हो र अहिलेसम्मको गति हेर्ने हो भने डुंगा त गन्तव्यतिर गए जस्तो लाग्दैन ।’

प्रतिक्रिया