संक्रमण फैलिने गरी कुनैपनि कार्यक्रम नगर्ने माओवादी निर्णय 

वडा तहसम्म कोभिड–१९ सेवा इकाई गठन गरिने 
राम्रो अनलाइन     ०८ जेठ २०७८, शनिबार
संक्रमण फैलिने गरी कुनैपनि कार्यक्रम नगर्ने माओवादी निर्णय 

काठमाडौं : नेकपा माओवादी केन्द्रले संसद विघटनको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । तर कोरोना माहामारीलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम नगर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे सामान धारणा बनाउन शनिबार विहान नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो, जसले संसद विघटनलाई असंवैधानिक भन्दै राजनीतिक तथा कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

लगत्तै पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले पनि संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भनेको छ । र, यसको संवैधानिक र कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । राजनीतिक रुपमा गर्ने प्रतिवाद कस्तो हुन्छ भन्ने प्रश्नमा माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘हामी कोरोना महामारीको भयावह संकटबाट गुज्रिरहेका छौं । यो पक्षलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम गर्दैनौं ।’

उनका अनुसार महामारीसँग जुधिरहेका जनतालाई सहयोग गर्न वडा तहसम्म कोभिड–१९ सेवा इकाई गठन गर्ने निर्णय भएको छ भने असंवैधनिक कदमको प्रतिवाद गर्न र राष्ट्रिय स्वाधिनता रक्षाको पक्षमा उभिन अपील गरेको छ ।

हेर्नुहोस् नेकपा माओवादी केन्द्रको निर्णय

प्रतिक्रिया