गत शुक्रबार समीक्षा अधिकारी र उमेश मुस्कानको स्वरमा ‘चोखो लाम्ला माया’बोलको गीत सार्वजनिक भएको हो । उमेशकै शब्द, संगीत रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् । जिबी चिरन र बीना राउतको अभिनय रहेको भिडियोलाई गौरव गिरीले निर्देशन गरेका हुन् । भिडियोमा दीपक गिरीको छायाँकन, दिन्सन शाहको सम्पादन छ । एक सातामा भिडियोले युट्युबमा २ लाख ६० हजार बढी भ्यूज पाएको छ ।