सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउँदै नेपाली सेना

राम्रो अनलाइन     २१ असोज २०८१, सोमबार
सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउँदै नेपाली सेना

 

काठमाडौँ- नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बिपि राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेलिब्रिज जडान कार्य सुरु गरेको छ । यहि असोज १० र ११ गते भएको अविरल बर्षापछि सुनकोशीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो ।

यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रुपमा वैकल्पिक मार्गबाट अहिले सडक संचालन भएको भएपनि नेपाली सेनाले बेलिब्रिज जडान कार्य शुरु गरेकाले सिन्धुली र रामेछापको सडक सम्बन्ध पुर्ववतरुपमा छिट्टै फर्किने भएको छ ।

 

प्रतिक्रिया