सिजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर बजारमा

राम्रो अनलाइन     २३ वैशाख २०७८, बिहिबार
सिजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर बजारमा

बढ्दो कोरोना भाईरसलाई मध्य नजर गरि हालै सि.जी. ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सि.जी.ले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ ।

हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले तपाईको खानालाई स्वस्थ त बनाउँदछ नै साथ साथै किचेको पनि शोभा बढाउँदछ । यो प्युरिफायर तपाईले १० लिटरको क्षमतामा बजारमा पाइन्छ । यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु पनि प्रशोधित गर्दछ । प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्दछ ।

यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजि भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रोशोधित गर्दछ । यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरुलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ ।

यसमा अटोमेटिक टाईमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ । कम्पनीले यसको खरिदमा १२ महिनाको वारेण्टीको पनि ब्यवस्था गरेको छ ।

प्रतिक्रिया