शिशिर भण्डारी र एलिना उदासको स्वरमा ‘भैगो माया लाउँदिन’ यसै साता सार्वजनिक भयो । शिशिरकै शब्द एवं संगीत रहेको गीतका संगीत संयोजक कुशल सिंह हुन् । सन्तोष राजवाहकको निर्देशन रहेको भिडियोमा शिशिर भण्डारी, बिना राउत, सरोज प्रजा, बसन्त भण्डारी लगायतको अभिनय छ ।
उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । शनिबार युट्युबमा सार्वजनिक गरिएको भिडियोलाई हालसम्म ४ लाख ४५ हजार बढी पटक हेरिएको छ ।