सेनाले यसरी गर्‍यो ‘बख्तरबन्द’ सहितको अभ्यास (तस्बिर)

राम्रो अनलाइन     २० माघ २०७७, मङ्गलबार
सेनाले यसरी गर्‍यो ‘बख्तरबन्द’ सहितको अभ्यास (तस्बिर)

नेपाली सेनाले सोमबार राति ‘बख्तरबन्द’ (हतियार जडित गाडी) सहित अभ्यास गरेको छ । राति १० बजेपछि सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गरेका थिए ।

बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित ब्यारेकबाट एकसाथ निस्केर चक्रपथको चक्कर लगाएका थिए।

सेनाले यसलाई नियमित अभ्यास अन्तर्गत भएको बताएको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताएका हुन् ।

कतिपयमा ज्ञानेन्द्रको माघ १९ को शाही घोषणाकै दिन भएकाले संशय व्यक्त गर्न सक्ने भएकाले पौडेलले यस्तो जानकारी गराएका हुन् ।

यस्तै माघ २१ गते पनि बख्तरबन्द गाडीहरू सितापाइलाबाट बिहान सातादोबाटो कोटेश्वर हुँदै पाँचखाल जाने कार्यक्रम छ। ती राति फर्किनेछन्।


 

प्रतिक्रिया