सावित्राको नयाँ यात्रा न्युजिल्यान्ड

राम्रो अनलाइन     ०१ साउन २०८२, बिहिबार
सावित्राको नयाँ यात्रा न्युजिल्यान्ड

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले न्युजिल्यान्डको ए लिग खेल्ने भएकी छिन् ।

बिहीबार क्लबले एक विज्ञप्ती जारी गर्दै सावित्रालाई दुई वर्षको सम्झौता गरेको बताएको छ । सावित्राले खेलाडी डटकमसँग सम्झौता भएको पुष्टि गरेकी छिन् ।

कुनै पनि नेपाली फुटबल खेलाडीले न्युजिल्यान्डमा खेलेको पहिलो पटक हो । यसअघि सावित्राले प्रिमियन्सको महिला लिग खेलेकी थिइन् । दुई सिजन फ्रान्स खेलेकी सावित्राले त्यसअघि इजरायलमा खेलेकी हुन् । त्यसअघि उनले भारतीय लिग खेलेकी थिइन् ।

यता, नेपालमा भने सावित्रा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग आवद्ध छिन् । सावित्राले न्युजिल्यान्ड चाडै प्रस्थान गर्ने पनि खेलाडी  डटकमलाई बताइन् । ‘नयाँ सम्झौता भएको छ । अब, न्युजिल्यान्ड चाडै जान्छु,’ सावित्राले भनिन् । 
 

प्रतिक्रिया