काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको हो।
आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। हिजो प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।