रसुवा भन्सारद्वारा ६ महिनामा एक अर्ब १६ करोड राजस्व संकलन

राम्रो अनलाइन     १३ माघ २०८२, मङ्गलबार

रसुवा – रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक अर्ब १६ करोड राजस्व संकलन गरेको छ । करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।  

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुंगा, बालुवा हटाउने कार्य नेपाल इन्टर मोडलयातायात विकास समितिमार्फत भइरहेको प्रमुख भन्सार अधिकृत भट्टराईले बताए । 

उनका अनुसार हालसम्मको सरसफाइबाट करिब २५० वटा ट्रक अट्ने भाग खाली भएको छ भने केही भागमा अझै सफाइ बाँकी छ । 

प्रतिक्रिया